Kathmandu Press

बागलुङमा पहिराले पुर्दा एक बेपत्ता

बागलुङ, भदौ २६ : बागलुङकोे बडिगाड गाउँपालिकामा पहिरोले पुरिएर एक जना बेपत्ता भएका छन्।बिहीबारदेखि परेको निरन्तर वर्षापछि खसेको पहिरोले तरकारी बारीमा काम गरिरहेका...
बागलुङमा पहिराले पुर्दा एक बेपत्ता

बागलुङ, भदौ २६ : बागलुङकोे बडिगाड गाउँपालिकामा पहिरोले पुरिएर एक जना बेपत्ता भएका छन्।

बिहीबारदेखि परेको निरन्तर वर्षापछि खसेको पहिरोले तरकारी बारीमा काम गरिरहेका बडिगाड –१० निगलपानीका ३५ वर्षीय दानबहादुर घर्ती मगरलाई पुरेको हो। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालका अनुसार स्थानीयको सक्रियतामा बेपत्ताको खोजी जारी छ। साथै, घटनास्थलतर्फ भीमगिठे प्रहरी चौकीबाट उद्धारका लागि प्रहरी खटाइएको छ।

प्रकाशित मिति: १२:२४ बजे, शुक्रबार, भदौ २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्