Kathmandu Press

हुम्लाको खार्पुनाथ गाउँपालिका ४ का वडाध्यक्षको निधन

हुम्लाको खार्पुनाथ गाउँपालिका ४ का वडाध्यक्षको निधन
Hardik ivf

सिमकोट, भदौ २६ : हुम्लाको खार्पुनाथ गाउँपालिका–४ का वडाध्यक्षको निधन भएको छ। वडाध्यक्ष लोकजन हमालको बिहीबार नेपालगञ्जबाट रिफर गरी उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा नवलपरासीमा मृत्यु भएको खार्पुनाथ गाउँपालिकाका लेखा शाखा प्रमुख विशाल बोहराले बताए।

वडाध्यक्ष हमाल गाउँमा एक्कासि लडेपछि उनको कम्मरदेखि तलको भाग चल्न सकेको थिएन। आज खार्पुनाथ गाउँपालिकाका सम्पूर्ण सरकारी कार्यालय बन्द हुने गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताए।

प्रकाशित मिति: १२:२० बजे, शुक्रबार, भदौ २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्