Kathmandu Press

एनसेलले हाल्याे सर्वोच्च अदालतमा मुद्दा

काठमाडौंं, वैशाख ९ : टेलिकम कम्पनी एनसेलले ठूला करदाता कार्यालयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ।

आफूलाई निर्धारण भएको पुँजीगत ला....

एनसेलले हाल्याे सर्वोच्च अदालतमा मुद्दा

काठमाडौंं, वैशाख ९ : टेलिकम कम्पनी एनसेलले ठूला करदाता कार्यालयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ।

आफूलाई निर्धारण भएको पुँजीगत लाभ कर कानुनअनुसार नभएको दाबी गर्दै एनसेलले साेमबार सर्वोच्च अदालतमा रिट दायर गरेको हो। ठूला करदाता कार्यालयले कर तिर्न सात दिनकाे म्याद दिएको थियाे । त्यसकाे म्याद सकिने अघिल्लो दिन एनसेल सर्वाेच्च अदालत पुगेकाे हाे।

ठूला करदाता कार्यालयले वैशाख ३ गते पत्र काटेर ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार आठ सय १५ रुपैयाँ पुँजीगत कर तथा जविरनासहितको रकम तिर्न निर्देशन दिएकाे थियाे। कार्यालयले एनसेललाई कर तिर्न भाेलीसम्मकाे म्याद दिएकाे छ।

एनसेलले हालेकाे रिटकाे पूर्णपाठ

प्रकाशित मिति: १२:२३ बजे, सोमबार, वैशाख ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्