Kathmandu Press

जुम्लामा प्रदेश लेखा नियन्त्रक कार्यालय स्थापना

जुम्लामा प्रदेश लेखा नियन्त्रक कार्यालय स्थापना

जुम्ला, भदौ २५ : कर्णाली प्रदेशअन्तर्गत जुम्ला सदरमुकाम खलङ्गामा लेखा तथा नियन्त्रक कार्यालय स्थापना गरिएको छ।

कार्यालयको उद्घानटन कार्यक्रममा सांसद गजेन्द्रबहादुर महतले जिल्लामा प्रदेश सरकारका तर्फबाट हुने सबै आर्थिक क्रियाकलाप नियन्त्रण गर्ने गरी प्रदेश सरकारले कार्यालय स्थापना गरेको बताए। “जनताले सङ्घीयताको प्रत्याभूति घरआँगनमै गर्न सकुन् भनेर जिल्लामा कार्यालय स्थापना गरिएको हो”, सांसद महतले भने। 

गत आर्थिक वर्षमा आर्थिक वर्ष समाप्त भइसकेपछि पनि निकासा तथा भुक्तानीमा समस्या परेकाले चालु आर्थिक वर्षमा यस्ता खालका समस्या न्यूनीकरण गर्न प्रदेश सरकारले पहल गर्ने जानकारी उनले दिए।

सरकारले कर्णाली प्रदेशका सबै जिल्लामा सबै मन्त्रालय मातहतका कार्यालय स्थापना गरेर सरकारी सेवा प्रभावकारी ढङ्गले अगाडि बढाइने सांसद महतले जानकारी दिए। 

जुम्लामा कर्णाली प्रदेश मातहतका १२ कार्यालयबाट सम्पादन गरिने क्रियाकलापको लेखा नियन्त्रण गर्ने गरी कार्यालय स्थापना गरिएको कार्यालयका लेखा सहायक विश्वराज खत्रीले बताए।  

यसअघि जिल्लामा कार्यालय नहुँदा प्रदेशबाट सञ्चालित क्रियाकलापका लागि प्रदेश राजधानी सुर्खेत जानुपर्ने बाध्यता थियो। रासस

प्रकाशित मिति: १७:५३ बजे, बिहीबार, भदौ २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्