Kathmandu Press

काठमाडाैंका सडकमा ट्राफिक सचेतना फैलाउन ‘डमी ट्राफिक’

काठमाडौं, भदौ २४ : कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सडकमा ट्राफिक प्रहरी आफै बसेर जनचेतना फैलाउन असहज भएपछि काठमाडौं उपत्यकामा ‘डमी ट्राफिक प्रहरी’...
काठमाडाैंका सडकमा ट्राफिक सचेतना फैलाउन ‘डमी ट्राफिक’

काठमाडौं, भदौ २४ : कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सडकमा ट्राफिक प्रहरी आफै बसेर जनचेतना फैलाउन असहज भएपछि काठमाडौं उपत्यकामा ‘डमी ट्राफिक प्रहरी’ राखिएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक शिक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा लागू गरी सडक दुर्घटना न्यूनिकरण गर्न काठमाडौंका २२ स्थानमा सचेतनामुलक जानकारीसहितका डमी ट्राफिक प्रहरी राखेको हो। डमी ट्राफिक प्रहरीको हातमा ट्राफिक नियम उल्लङ्घन गरेमा पाँच सयदेखि दश हजार रुपैयाँसम्म जरिवाना हुने लेखिएको छ। 

महाशाखाले काठमाडौ महानगरपालिकासँगको सहकार्यमा डमीहरू सिंहदरबार, सिंहदोबाटो, माइतीघर, नयाँ बानेश्वर, बालुवाटार, एकेडेमी मोड, लैनचौर, भोटाहिटी, रणोद्विप, भद्रकाली, थापाथली, कालीमाटी चोक, कलंकी चोक, जडिबुटी चोक, कोटेश्वर चोक, गौशाला, पुरानो बानेश्वर चोक, ल्होत्से चोक, कृष्ण पाउरोटी, पद्मोदय मोड, नागढुङ्गा र जगातीमा राखिएका छन।

 

प्रकाशित मिति: १८:१८ बजे, बुधबार, भदौ २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्