Kathmandu Press

५० वर्षपछि सशस्त्र गुल्मको जिम्मा महिला अधिकृतलाई

५० वर्षपछि सशस्त्र गुल्मको जिम्मा महिला अधिकृतलाई

पोखरा, भदौ २४ : ५० वर्षपछि नेपाल प्रहरीअन्तर्गत रहेको सशस्त्र प्रहरी गुल्मको जिम्मेवारी महिला प्रहरी अधिकृतले पाएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी निरीक्षक चन्द्रा गुरुङले उक्त जिम्मेवारी पाएकी हुन्।

प्रहरी प्रधान कार्यालय मानव स्रोत एवम् प्रशासन उपशाखाले उनलाई सशस्त्र प्रहरी गुल्म पोखराको गुल्मपतिमा काजमा खटाएको हो।

Hardik ivf

अञ्चल सशस्त्र प्रहरी गुल्म, गण्डकी पोखराअन्तर्गत गुल्मपतिको नामावलीमा उनको नाम ३४ नम्बरमा छ। विसं २०२६ यताका गुल्मपतिमा उनी पहिलो महिला हुन् भने नेपालमा दोस्रो गुल्मपति हुन्। नेपालको पहिलो पूर्णिमा चन्द नारायणहिटी सुरक्षा गुल्मको गुल्मपति भएकी थिइन्।
 
जिम्मेवारी बहन गरेसँगै उनले भनिन्, ‘तीन दशक लामो प्रहरी सेवामा शान्ति सुरक्षा र अमनचयनलाई प्राथमिकता दिएर काम गर्दै आएकी छुु, गुल्मपतिको जिम्मेवारीलाई पनि यसको काम, कर्तव्य, अधिकारभित्र रहेर उत्कृृृष्ट बनाउनेतर्फ केन्द्रित हुनेछु।’ उनले गुल्मपतिको जिम्मेवारीले आफूलाई थप ऊर्जा र उत्साह थपेको बताए।

आपत्कालीन ब्याक फोर्सका रुपमा रहने गुल्ममा उनको नेतृत्वमा ११० प्रहरी रहनेछन्। गुल्ममा सशस्त्र हतियारसहितका प्रहरी सेवा सञ्चालनसम्बन्धी विविध तालिम प्रदान गरिन्छ। यसअघि उनले दुई दशक लामो समय जिल्ला प्रहरी कार्यालय कास्कीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र प्रमुखको  जिम्मेवारी बहन गर्दै आएकी थिइन्।

प्रकाशित मिति: १४:४१ बजे, बुधबार, भदौ २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्