दुई तिहाई बहुमतको ओली सरकार असफल: कोइराला
भक्तपुर, वैशाख ८ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पूर्णरुपमा असफल भएको दाबी गरेका छन्। 
भक्तपुर, वैशाख ८ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पूर्णरुपमा असफल भएको दाबी गरेका छन्।
नेपाल आदिवासी जनजाति संघ जिल्ला कार्यसमिति भक्तपुरले आइतबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले ओली सरकारले जनअपेक्षालाई ध्यानमा राखेर प्रभावकारी ढङ्गले काम गर्न नसकेको आरोप लगाए।
सरकारले दुई तिहाइको आडमा प्रतिपक्षको बेवास्ता गर्दै अगाडि बढेको बताउँदै उनले मानवअधिकार, लोकतन्त्र, स्वतन्त्र पत्रकारिता र न्यायलयमाथि चुनौती थपिएको बताए। कोइरालाले प्रधानमन्त्री ओलीले संघीयताको मर्म विपरीत सबै शक्ति आफैँमा केन्द्रित गर्न खोजेको आरोप पनि लगाए।
कांग्रेस पार्टीभित्रको गुटबन्दीले नेता र कार्यकर्तालाई विभाजित गरेको उनले बताए। कोइरालाले कांग्रेसलाई बलियो बनाउन सङ्गठनलाई एकै ठाउँमा उभ्याउनुपर्नेमा बताए। उनले कांग्रेस आन्तरिक विवादमा रुमल्लिँदा पार्टी कमजोर बनेको र प्रखर प्रतिपक्षीको भूमिकामा उत्रिन नसकेको बताए।











