Kathmandu Press

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ लाख नाघ्यो

काठमाडौं, भदौं २४ : विश्वमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ लाख नाघेको छ ।२४ घण्टामा ४ हजार २०७ जनाको ज्यान गएसँगै...
विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ लाख नाघ्यो

काठमाडौं, भदौं २४ : विश्वमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ लाख नाघेको छ ।

२४ घण्टामा ४ हजार २०७ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या ९ लाख ८७६ पुगेको हो । गएको २४ घण्टामा २ लाख ३४ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएसँगै विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ७७ लाख २२ हजारभन्दा धेरै भएको छ ।

Hardik ivf

संक्रमितमध्ये १ करोड ९८ लाख ८ हजार भन्दा धेरै निको भएका छन् भने अहिले संसारमा ७० लाख १२ हजार भन्दा धेरै सक्रिय संक्रमित छन् । गएको २४ घण्टामा भारतमा मात्रै ८९ हजार आठ सय ५२ जना नयाँ संक्रमित थपिएका थिए ।

त्यस्तै १ हजार १०७ जनाको ज्यान गएको वल्डोमिटर्सले जनाएरको छ । 
 

प्रकाशित मिति: ०७:०४ बजे, बुधबार, भदौ २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्