Kathmandu Press

चार स्वास्थ्यकर्मीसहित बागलुङका नौ जनामा कोरोना

चार स्वास्थ्यकर्मीसहित बागलुङका नौ जनामा कोरोना

बागलुङ, भदौ २३ : चार स्वास्थ्यकर्मीसहित बागलुङमा मंगलबार थप नौ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पोखरास्थित प्रयोगशालामा गरिएको परीक्षणमा थप नौ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय, बागलुङले जनाएको छ।

थपिएका संक्रमितहरु तमानखोला गाउँपालिकाका रहेका छन्। जसमा चार जना स्वास्थ्यकर्मी पनि छन्।

स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गरौका अनुसार संक्रमितमध्ये ६ जना महिला र तीन जना पुरुष रहेका छन्। उनीहरु तमानखोला गाउँपालिका १ का ३८ वर्षीय पुरुष, ४० वर्षीय पुरुष, २३ वर्षीया महिला, २९ वर्षीया महिला, २२ वर्षीया महिला, २८ वर्षीया महिला, वडा नम्बर २ का १८ वर्षीया महिला, वडा नम्बर ५ का ३० वर्षीाय महिला र वडा नम्बर ८ की १९ वर्षीय पुरुष रहेका छन्।

उनीहरुको कन्ट्याक्ट ट्रेसिङका क्रममा स्वाब संकलन गरिएको थियो। एक सय १९ जनाको स्वाब परीक्षण गरिएकोमा नौ जनालाई संक्रमण देखिएको गैरेले बताए।

योसँगै बागलुङमा कोरोना संक्रमितको संख्या तीन सय आठ पुगेको छ। जसमध्ये दुई सय ७२ जना निको भएका छन भने एक जनाको मृत्यु भएको छ।

 

प्रकाशित मिति: १३:४५ बजे, मंगलबार, भदौ २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्