Kathmandu Press

श्रीलंकाका प्रधानमन्त्रीलाई ओलीको फोन,भने–बम विष्फोटको घटनाले नेपाल दुःखी छ

काठमाडौं, वैशाख ८ : प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाका प्रधानमन्त्री रणिल विक्रमासिंघेलाई टेलिफोन गरी बम विष्फोटनको घटनामा कयौं निर्द....

श्रीलंकाका प्रधानमन्त्रीलाई ओलीको फोन,भने–बम विष्फोटको घटनाले नेपाल दुःखी छ

काठमाडौं, वैशाख ८ : प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाका प्रधानमन्त्री रणिल विक्रमासिंघेलाई टेलिफोन गरी बम विष्फोटनको घटनामा कयौं निर्दोषहरुले ज्यान गुमाएकोप्रति दुःख व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले आइतबार अपरान्ह श्रीलंकाका प्रधानमन्त्री विक्रमासिंघेलाई टेलिफोन गरी श्रीलंकाली जनताप्रति हार्दिक समवेदना प्रकट गरेको उनको निजी सचिवालयले जनाएको छ। श्रीलंकाका प्रधानमन्त्री विक्रमासिंघेसँगको कुराकानीका क्रममा प्रधानमन्त्री ओलीले विष्फोटमा परी जीवन गुमाउनेहरुप्रति श्रद्धा सुमन अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका थिए।

सम्बादका क्रममा प्रधानमन्त्री ओलीले भने,‘श्रीलंकाका विभिन्न स्थानहरुमा भएको श्रृंखलावद्ध बम आक्रमणमा परी कैयौं निर्दोषहरुले जीवन गुमाउनु परेको घटनाले मलाई अत्यन्त दुःखी बनाएको छ।’

प्रधानमन्त्री ओलीले फोन सम्वादका क्रममा नेपाल सरकारले जुनसुकै रंग र रुपको आतंकवादविरुद्धमा उभिने आफ्नो सैद्धान्तिक अडान अनुसार मानवता विरोधी घटनाको भत्सर्ना  गरेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।
 

प्रकाशित मिति: १७:५९ बजे, आइतबार, वैशाख ८, २०७६