विश्वमा पौने ३ करोड कोराना संक्रमित, मृतकको संख्या ९ लाख नजिक
काठमाडौं, भदौं २३ : विश्वभर कोरोनाभाइरस संक्रमणबाट आठ लाख ९६ हजार ८ सय ८२ जनाको मृत्यु भएको छ ।विश्वमा दुई करोड ७४ लाख...
काठमाडौं, भदौं २३ : विश्वभर कोरोनाभाइरस संक्रमणबाट आठ लाख ९६ हजार ८ सय ८२ जनाको मृत्यु भएको छ ।
विश्वमा दुई करोड ७४ लाख ८५ हजार ४२३ जना कोरोनाभाइरस संक्रमित भएका छन् । यद्यपि, विश्वमा कोरोनाभाइरस संक्रमित एक करोड ९५ लाख ८६ हजार ८ सय ६० जना कोरोनामुक्त भएका छन् ।
हाल विश्वमा ७० लाख २९ हजार २०६ व्यक्ति कोरोनाभाइरस संक्रमित रहेका र उनीहरुको उपचार भइरहेको छ । संक्रमितहरुमध्ये ५९ हजार ९९८ जनाको अवस्था गम्भीर छ । चीनको हुबेई प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोनाभाइरस संक्रमणको कारण संयुक्तराज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
अमेरिकामा ६४ लाख ८५ हजार ५६७ जना कोरोनाभाइरसका संक्रमित रहेका छन् । त्यहाँ ३७ लाख ५८ हजार ६१८ जना कोरोनाभाइरसमुक्त भएका छन् भने एक लाख ९३ हजार ५३४ व्यक्तिको मृत्यु भइसकेको छ ।
भारतमा ४२ लाख ७७ हजार ५८४ जना कोरोनाभाइरस संक्रमित रहेका छन् । त्यहाँ ३३ लाख २१ हजार ४२० कोरोनाभाइरस मुक्त भएका छन् भने ७२ हजार ८१६ जनाको मृत्यु भएको छ ।












