केन्द्र सरकारका कारण प्रदेश र स्थानीय तहले काम गर्न पाएनन्: मुख्यमन्त्री पौडेल
हेटौँडा, वैशाख ८ : प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कर्मचारी अभावका कारण प्रदेश र स्थानीय सरकारले काम गर्न नसकेको बताएका छन्। <....

हेटौँडा, वैशाख ८ : प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कर्मचारी अभावका कारण प्रदेश र स्थानीय सरकारले काम गर्न नसकेको बताएका छन्।
प्रशासकीय अदालत र उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समिति काठमाडौंले आइतबार आयोजना “प्रशासकीय न्याय र सेवा प्रवाह” विषयक अन्तक्रिया कार्यक्रममा उनले भने,“कर्मचारीका अभावका कारण प्रदेश र स्थानीय सरकारको काम लथालिङ्ग भएको छ।'
मुख्यमन्त्री पौडेलले प्रदेश सरकारसँग बजेट तथा साधन स्रोत हुँदा पनि कर्मचारी अभावका कारण विकास निर्माणको काम हुन नसकेको बताए। 'कर्मचारी सरुवा भएर आउँछन्, जान्छन् तर, प्रदेश सरकारलाई कुनै जानकारी हुँदैन,'उनले भने।
'दर्जनौँ स्थानीय तह कर्मचारीविहीन भएको छ', उनले भने,'अहिलेको परिवर्तनशील समाजमा कर्मचारीको दायित्व र जवाफदेहिता अझ बढेको छ।'











