Kathmandu Press

श्रीलंकाको आतंकवादी हमलाप्रति प्रधानमन्त्री ओलीद्वारा भत्सना 

काठमाडौ, वैशाख ८ : सरकारले श्रीलंकाको विभिन्न ठाउँमा घातक हमला गरी आज बिहानै जनधनको क्षति पुर्‍याएको घटनाको भत्र्सना गरेको छ।

....

श्रीलंकाको आतंकवादी हमलाप्रति प्रधानमन्त्री ओलीद्वारा भत्सना 

काठमाडौ, वैशाख ८ : सरकारले श्रीलंकाको विभिन्न ठाउँमा घातक हमला गरी आज बिहानै जनधनको क्षति पुर्‍याएको घटनाको भत्र्सना गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहाँका प्रधानमन्त्री रणिल विक्रमासिङ्घेलाई शोक सन्देश पठाउँदै मानवताविरोधी आतंकवादी उक्त घटनाबाट अमूल्य जीवनमा  क्षति र गम्भीर घाइते भएको घटनाले आफू दु:खित भएको बताएका हुन्। 

सन्देशमा भनिएको छ, ‘म विश्वास गर्छु, यो आतंककारी घटनाका अपराधीलाई छिटोभन्दा छिटो न्यायिक कठघरामा ल्याइनुपर्छ। नेपाल सबै किसिमका आतंकवादी क्रियाकलाप र अभिव्यक्तिको भत्र्सना गर्दछ।’

प्रधानमन्त्री ओलीले भनेका छन्,‘नेपाल सरकार, नेपाली जनता र मेरो व्यक्तिगततर्फबाट पनि महामहिम र महामहिममार्फत् पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु। दुःखको यस घडीमा हामी श्रीलङ्काका मित्रवत परिवारजनका साथमा छौँ।  घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।’

प्रकाशित मिति: १६:१८ बजे, आइतबार, वैशाख ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्