Kathmandu Press

विश्वभर २ करोड ७० लाख वढीमा कोरोना संक्रमण 

विश्वभर २ करोड ७० लाख वढीमा कोरोना संक्रमण 

काठमाडौं, भदौं २१ : विश्वभर २ करोड ७० लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ६९ हजार ३७८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ७० लाख ६१ हजार ३२६ पुगेको हो । यस्तै एकै दिन थप ४ हजार ८२२ जनाको मृत्यु भएको छ ।

Hardik ivf

यो सँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ८३ हजार ७०७ पुगेको छ । वर्ल्डोमिटर्सका आइतबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या १ करोड ९१ लाख ६१ हजार ९०२ पुगेको छ ।

निको हुनेको यो संख्या कुल संक्रमितको ७० प्रतिशत हो । 

प्रकाशित मिति: ०८:४३ बजे, आइतबार, भदौ २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्