Kathmandu Press

कांग्रेस बचाउन सामूहिक प्रयास आवश्यकः नेतृ कोइराला

पोखरा, वैशाख ८ : नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले कांग्रेसलाई बचाउन सबैको सामूहिक प्रयास आवश्यक रहेको बताएकी छिन्। 

ने....

कांग्रेस बचाउन सामूहिक प्रयास आवश्यकः नेतृ कोइराला

पोखरा, वैशाख ८ : नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले कांग्रेसलाई बचाउन सबैको सामूहिक प्रयास आवश्यक रहेको बताएकी छिन्। 

नेपाल प्रेस युनियन कास्कीले आइतबार गरेको पत्रकार सम्मेलनमा नेतृ कोइरालाले कांग्रेसलाई कमजोर बनाउनुमा पार्टी नभई व्यक्ति–व्यक्ति दोषी भएको बताइन्। उनले एउटा चुनाव हार्दैमा मनोबल कमजोर बनाउन नहुने बताइन्।

‘पार्टीलाई सङ्गठित बनाएर लैजानुपर्छ,’उनले भनिन्,‘एउटा चुनाव हार्दैमा आत्तिनु पर्दैन।’ उनले देशका ८० प्रतिशत युवाको भावनालाई प्रतिनिधित्व गर्ने गरी पार्टीको संगठन विस्तार गर्नुपर्नेमा जोड दिइन्। 

फरक प्रसंगमा कोइरालाले वर्तमान सरकार सहमति, सहकार्य र एकताबाट अघि बढ्न नसकेको आरोप लगाइन्। उनले विपक्षी दलसँगको सहकार्य अभावमै सरकारले विकास निर्माण लगायतका काम गर्न नसकेको बताइन्।
 
प्रकाशित मिति: १५:४२ बजे, आइतबार, वैशाख ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्