सिरहामा रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्कियो, दुई जनाको मृत्यु
सिरहा, भदौ २० : सिरहामा रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य एक जना गम्भीर घाइते भएका छन्। नरहा गाउँपालिका–५...सिरहा, भदौ २० : सिरहामा रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य एक जना गम्भीर घाइते भएका छन्।
नरहा गाउँपालिका–५ स्थित सडकमा बिग्रिएर रोकिराखेको ज १ त ४३२९ नम्बरको ट्याक्टरमा अन टेष्ट नम्बरको मोटरसाइकल गएराति ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहा नगरपालिका–५ का १९ वर्षीय अमलेश महतो र सोही ठाउँका २१ वर्षीय सुनिल सदा रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते दुवै जनालाई उपचारका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा पठाएकामा उपचारका क्रममा दुवैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
दुर्घटनामा परी १९ वर्षीय मिथिलेश सदा गम्भीर घाइते भएको र उनको विराटनगरमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।