विश्वमा कोरोना : ७० प्रतिशत निको भए

काठमाडौं, भदौं २० : विश्वभर एकै दिन २ लाख २० हजारभन्दा बढी मानिस कोरोना संक्रमणमुक्त भएका छन् ।
वर्ल्डोमिटर्सका अनुसार एकै दिन २ लाख २० हजार ५०५ जना संक्रमणमुक्त भएका छन् । यो सँगै शनिबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या १ करोड ८८ लाख ९५ हजार ३९१ पुगेको छ ।
निको हुनेको यो संख्या कुल संक्रमितको ७० प्रतिशत हो । यस्तै यो समाचार तयार पार्दासम्म विश्वभर २ करोड ६७ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ९२ हजार ५०९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ६७ लाख ८४ हजार ८८ पुगेको हो ।
यस्तै एकै दिन थप ५ हजार ६४५ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ७८ हजार १८५ पुगेको छ ।
प्रकाशित मिति: ०८:२५ बजे, शनिबार, भदौ २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












