Kathmandu Press

बजेट अधिवेशन वैशाख १६ मा आह्वान

काठमाडौं, वैशाख ८ : बजेट अधिवेशनका लागि संघीय संसद्को बैठक वैशाख १६ गते बोलाइएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा वैशाख ....

बजेट अधिवेशन वैशाख १६ मा आह्वान
फाइल फोटो

काठमाडौं, वैशाख ८ : बजेट अधिवेशनका लागि संघीय संसद्को बैठक वैशाख १६ गते बोलाइएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा वैशाख १६ गते संसद् अविधेशन आह्वान गरेकी हुन्। सरकारको सिफारिसमा राष्ट्रपति संसद अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ।

संविधानअनुसार, जेठ १५ गते सरकारले बजेट पेश गर्नु पर्छ। त्यसभन्दा अघि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्छ। राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने व्यवस्था छ।

बजेट ल्याउनु अघि केही दिन नीति तथा कार्यक्रममा छलफल हुन्छ। त्यसका लागि वैशाख १६ गते नै संसदको बैकक आह्वान गरिएको संसद् सचिवालयले जनाएको छ।संसद सचिवालयका अनुसार राष्ट्रपतिले वैशाख २० गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका तय गरिएको छ।

गत वर्षको बजेटले नेकपाको चुनावी घोषणापत्रलाई नसमेटेको भन्दै नेता तथा कार्यकर्ताले असन्तुष्टि जनाएका थिए। यसवर्षको बजेटमा केही सुधार हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: १४:४४ बजे, आइतबार, वैशाख ८, २०७६