कर्फ्यूका बीच ललितपुरमा क्षमा पूजा (तस्बिरहरु)
रातो मत्स्येन्द्रनाथको रथयात्राका क्रममा बिहीबार झडप भएपछि आज ललितपुरमा कर्फ्यू लगाइएको छ। स्थानीयले कर्फ्यूकै बीच क्षमा पूजा गरेका छन्।.jpg)
काठमाडौं, भदौ १९ : कर्फ्यूका बीच ललितपुरको पुल्चोकमा क्षमा पूजा गरिएको छ। कोरोना कारण रातो मत्स्येन्द्रनाथको जात्रा हुन नसकेपछि स्थानीय बासिन्दाले आज क्षमा पूजा गरेका हुन्।
बिहीबार स्थानीय बासिन्दाले रातो मत्स्येन्द्रनाथको रथयात्रा सुरु गरेका थिए। कोरोना नियन्त्रणका लागि गरिएको निषेधाज्ञाबीच रथ तान्न खोजेपछि प्रहरीले रोकेका थियो।
त्यहि क्रममा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको थियो। झडपमा प्रहरी र स्थानीय बासिन्दा घाइते भएका थिए।
.jpg)
आज पनि तनाब बढ्न सक्ने जनाउँदै जिल्ला प्रशासन कार्यालय, ललितपुरले बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू लगाएको छ।
कर्फ्यूका बीच सुरक्षाकर्मीको उपस्थितिमा क्षमा पूजा गरिएको हो। जसले गर्दा रथयात्रा गरिएको छैन। भोलि गर्ने वा नगर्ने भन्ने अझै एकीन भएको छैन।

.jpg)
.jpg)
.jpg)
.jpg)
प्रकाशित मिति: १३:१७ बजे, शुक्रबार, भदौ १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-(56)-1764919423.jpg)











