Kathmandu Press

सर्वोच्चका पाँच न्यायाधीशले लिए सपथ

काठमाडौं, वैशाख ८ : सर्वोच्च अदालतका नवनियुक्त पाँच न्यायाधीशले पद तथा गोपनीयताको सपथ लिएका छन्।

आज बिहान राष्ट्रपति विद्यादेवी भण्डारीको उप....

सर्वोच्चका पाँच न्यायाधीशले लिए सपथ

काठमाडौं, वैशाख ८ : सर्वोच्च अदालतका नवनियुक्त पाँच न्यायाधीशले पद तथा गोपनीयताको सपथ लिएका छन्।

आज बिहान राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले पाँचै न्यायाधीशलाई पद तथा गोपनीयताको सपथ खुवाएका हुन्।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त न्यायाधीश प्रकाशकुमार ढुङ्गाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र डा.मनोजकुमार शर्माले सपथ लिएका छन्।

ढुङ्गाना र माथेमा उच्च अदालतको मुख्य न्यायाधीशबाट तथा रेग्मी, फुँयाल र शर्मा कानून व्यवसायीबाट सर्वोच्च अदालत प्रवेश गरेका हुन्।

समारोहमा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पनि पद तथा गोपनीयताको शपथ लिएका छन्। उनलाई पनि प्रधानन्यायाधीश राणाले सपथ खुवाएका हुन्। उनी सचिवबाट निर्वाचन आयोगमा नियुक्त भएका हुन्।

त्यस्तै, राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा.शान्तराज सुवेदीले नवनियुक्त सदस्य विष्णुमाया ओझालाई पदन तथा गोपनीयताको शपथ खुवाएका छन्।

संसदीय सुनुवाइ समितिले स्वीकृत गरेपछि शुक्रबार राष्ट्रपति भण्डारीले उनीहरूलाई नियुक्त गरेकी थिइन्।

 

प्रकाशित मिति: १२:१६ बजे, आइतबार, वैशाख ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्