Kathmandu Press

सरकारको सशक्त प्रतिरोध गर्ने विप्लवको चेतावनी

काठमाडौं, वैशाख ८ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सरकारको सशक्त प्रतिरोध गर्ने चेतावनी दिएको छ।

नेकपाका महासचिव वि....

सरकारको सशक्त प्रतिरोध गर्ने विप्लवको चेतावनी
फाइल फोटो

काठमाडौं, वैशाख ८ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सरकारको सशक्त प्रतिरोध गर्ने चेतावनी दिएको छ।

नेकपाका महासचिव विप्लवले प्रेस विज्ञप्ती जारी गरि सरकारले आफ्नो नेता तथा कार्यकर्तामाथिको दमन नरोक सशक्ति प्रतिरोध गर्ने चेतावनी दिएका हुन्।

‘यदि केपी सरकारले हाम्रो पार्टीमाथिको दमनलाई रोकेन, प्रतिबन्ध हटाएन, गिरफ्तारी रोकेन भने हामी यसका विरुद्ध सशक्त प्रतिरोध गर्न बाध्य हुनेछौं,’ विप्लवले भनेका छन्।

उनले आफ्नो पार्टीमाथिको प्रतिबन्ध हटाउन माग गरेका छन्। त्यस्तै, नेता कार्यकर्ताको गरिफ्तारी रोक्न पनि आग्रह गरेका छन्।

सरकारले विप्लवका नेता कार्यकर्ता पक्राउ गर्ने क्रम जारी राखेको विज्ञप्तीमा जनाएको छ।

वैशाख ६ गते केन्द्रीय सदस्यहरू चुडामणि ओली ‘आदर्श’, चन्द्रबहादुर खड्का ‘असन’ र विश्वलाई पुनः पक्राउ गरेकोमा पनि विरोध जनाएका छन्।

प्रकाशित मिति: ११:१० बजे, आइतबार, वैशाख ८, २०७६