Kathmandu Press

सगरमाथाबाट निकालियो दुई हजार किलो फोहोर

सोलुखुम्बु, वैशाख ८ : सगरमाथाबाट दुई हजार किलो फोहोर निकालिएको छ। सरगमाथा सरसफाइ अभियानअन्तर्गत यस क्षेत्रमा फोहोर संकलन गरिएको हो।

सगरमाथा ....

सगरमाथाबाट निकालियो दुई हजार किलो फोहोर
एजेन्सी

सोलुखुम्बु, वैशाख ८ : सगरमाथाबाट दुई हजार किलो फोहोर निकालिएको छ। सरगमाथा सरसफाइ अभियानअन्तर्गत यस क्षेत्रमा फोहोर संकलन गरिएको हो।

सगरमाथा क्षेत्रबाट संकलन गरिएको फोहोर नेपाली सेनाको हेलिकप्टरमार्फत एक हजार किलो काठमाडौं र एक हजार किलो ओखलढुङ्गा लगिएको सगरमाथा राष्ट्रिय निकुञ्जले जनाएको छ। व्यवस्थापनका लागि काठमाडौं र ओखलढुंगा पठाइएको हो।

कुहिने वस्तुसहितको फोहोरलाई ओखलढुङ्गा र नकुहीने क्यान, सिसाको बोत्तल जस्ता प्रशोधन गर्न सकिने फोहोर वस्तुलाई काठमाडौं पठाइएको निकुञ्जका वार्डेन प्रमोद भट्टराईले बताए।

सगरमाथा क्षेत्रमा फोहोर संकलन गरिँदै।

स्थानीयस्तरमा व्यवस्थापन गर्न सकिने फोहोरलाई नाम्चे क्षेत्रमै व्यवस्थापन गरिएको निकुञ्जले जनाएको छ।

१२औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा खुम्बुको क्षेत्रको लुक्लादेखि स्याङ्बोचेसम्म फोहोर संकलन गरिएको हो। यो अभियान वैशाख १ गतेदेखि सुरु भएको थियो।

यसमा खुम्बु पासाङल्हामु गाउँपालिका, नेपाली सेना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, वन तथा वातावरण विभाग, सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र र सगरमाथा प्रदूषण नियन्त्रण समिति सहभागी थिए।

सगरमाथा आधारशिविर।

सगरमाथा आरोहणको याम सुरु भएसँगै फोहोर पनि बढ्दै गएको छ। आरोहीले प्रयोग गरेका सामान त्यही छोड्ने गरेकाले फोहोर बढ्दै गएको हो।

सगरमाथा क्षेत्रमा हरेक वर्ष फोहोर संकलन गरिँदै आएको छ।

प्रकाशित मिति: १०:३३ बजे, आइतबार, वैशाख ८, २०७६