Kathmandu Press

पृतिलाई पशुपतिमा तर्पण, सिदादान र पिण्डदान (तस्बिरहरु)

काठमाडौं, भदौ १७ : आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष सुरु भएको छ। आज बिहानै पशुपतिनाथ पुगेर हिन्दूधर्मालम्बीले दिवंगत पृतिका नाममा तर्पण, सिदादान...
पृतिलाई पशुपतिमा तर्पण, सिदादान र पिण्डदान (तस्बिरहरु)
पशुपतिनाथमा श्राद्ध गर्दै सर्वसाधारण। तस्बीर : रिवाज राई

काठमाडौं, भदौ १७ : आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष सुरु भएको छ। आज बिहानै पशुपतिनाथ पुगेर हिन्दूधर्मालम्बीले दिवंगत पृतिका नाममा तर्पण, सिदादान र पिण्डदान गरेका छन्।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृ पक्ष एवं सोह्रश्राद्धसमेत भन्ने गरिएको छ। पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिँदै छ।

प्रायः पहिलो श्राद्ध धार्मिक स्थलमा गर्ने परम्परा छ। त्यसपछि घरमै श्राद्ध गरिन्छ।

प्रकाशित मिति: ११:२४ बजे, बुधबार, भदौ १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्