Kathmandu Press

साहित्यकार वसन्तकुमार शर्म्माको निधन

काठमाडौं, वैशाख ७ :  कोशकार एवं साहित्यकार वसन्तकुमार शर्म्मा नेपालको निधन भएको छ। 

नेपालको ९७ वर्षको उमेरमा शनिबार चावहिल मै....

साहित्यकार वसन्तकुमार शर्म्माको निधन

काठमाडौं, वैशाख ७ :  कोशकार एवं साहित्यकार वसन्तकुमार शर्म्मा नेपालको निधन भएको छ। 

नेपालको ९७ वर्षको उमेरमा शनिबार चावहिल मैँजुबहालस्थित निवासमै निधन भएको हो। विसं १९७९ चैत्र शुक्ल नवमी अर्थात् रामनवमीका दिन जन्मिएका  साहित्यकार नेपाल दुई महिनादेखि निवासमै अचेत अवस्थामा थिए। नेपाल मस्तिष्कघात (ब्रेन स्ट्रोक), अल्सरलगायत रोगबाट पनि पीडित थिए। 

नेपाली भाषामा सबैभन्दा धेरै शब्द संकलन  गरिएको उनको ‘नेपाली शब्दसागर’ विसं २०५७ चैत ३० गते प्रकाशन भएको थियो। शब्दसागरमा एक लाख २५ हजार शब्द थिए । विसं २०७० मा ‘नेपाली शब्दसागर’ को दोस्रो संस्करण प्रकाशन गरी एक लाख ४१ हजार शब्द पुर्‍याइएको थियो।
 
उनले महाभारतलाई गद्यमा चार खण्डमा अनुवाद पनि गरेका थिए। १३५ वटा उपनिषद् पनि अनुवाद गरेका नेपालका ७६ कृति प्रकाशन भइसेका छन्। नेपालका श्रीमती, चार छोरा र तीन छोरी छन्।

प्रकाशित मिति: १६:२४ बजे, शनिबार, वैशाख ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्