विषादी सेवनबाट एकको मृत्यु, एकको अवस्था चिन्ताजनक
महोत्तरी, भदौ १६ : विषादी सेवन गरी महोत्तरीमा एक जनाको ज्यान गएको छ भने एक जनाको अवस्था चिन्ताजनक रहेको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार महोत्तरी गाउँपालिका–५ बस्ने ५५ वर्षीय सूर्यनारायण साहले करेन्ट नामक विषादी सेवन गर्दा ज्यान गएको हो। विषादी सेवनबाट बेहोश भएका साहलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यस्तै जिल्लाको बलवा नगरपालिका–११ बस्ने सुरेन्द्र महतोकी छोरी १४ वर्षीया आरती कुमारीले आमाले गाली गरेको विषयलाई लिएर थाइमेड नामक विषादी सेवन गरेपछि उनी सिकिस्त भएकी छिन्। उनको उपचार जनकपुरस्थित जानकी हेल्थ केयरमा भइरहेको छ भने अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १४:५९ बजे, मंगलबार, भदौ १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोडशनिबार, मंसिर ८, २०८१
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१
जटिल रोग लागेका बिरामीलाई लुम्बिनी प्रदेशको दुई लाख सहयोगशुक्रबार, मंसिर ७, २०८१