रूपन्देहीमा प्रधानमन्त्री ओलीलाई कालोझण्डा देखाइयो
बुटवल, वैशाख ७ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई रुपन्देहीमा कालोझण्डा देखाइएको छ।
बुटवल उपमहानगरपालिकामा रहेको ऐतिहासिक जीतगढी ....
बुटवल, वैशाख ७ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई रुपन्देहीमा कालोझण्डा देखाइएको छ।
बुटवल उपमहानगरपालिकामा रहेको ऐतिहासिक जीतगढी किल्लामा कर्णेल उजुरसिंह थापाको पूर्ण कदको सालिक अनावरणपछि शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला प्रधानमन्त्री अोलीलाई एक युवकले कालोझण्डा देखाएका हुन्। प्रधानमन्त्री ओलीलाई कालोझण्डा देखाउने बुटवलकै रुद्रप्रसाद घिमिरेलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो।
तिनाउ खोला किनारमा रहेको गढी क्षेत्रमा निर्माण भएको सालिक ९ फिट उचाइको छ। कार्यक्रममा सालिकको छेउमा ४२ फिट उचाइको राष्ट्रिय झण्डाको पनि प्रधानमन्त्री ओलीले झण्डोतोलन गरेका थिए। वि.सं १८७२ मा नेपाल र अंग्रेजबीच युद्ध हुंदा कर्णेल थापाको नेतृत्वको नेपाली फौज यही किल्लाबाट अंग्रेज फौजलाई परास्त गरेको थियो।
नेपाली फौजसँग लडाईं हारेर अंग्रेज फौज दक्षिणतर्फ गएकाले कर्णेल थापाको सालिक दक्षिणतर्फ फर्काएर निर्माण गरिएको छ।






