Kathmandu Press

देउवाको चेतावनी-पार्टीको अनुशासन विपरित काम गर्नेलाई कारवाही हुन्छ

काठमाडाैं, वैशाख ७ :  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको अनुशासन विपरित काम गर्ने सबैलाई कारवाही गर्ने चेतावनी दिएका छन्।&n....

देउवाको चेतावनी-पार्टीको अनुशासन विपरित काम गर्नेलाई कारवाही हुन्छ

काठमाडाैं, वैशाख ७ :  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको अनुशासन विपरित काम गर्ने सबैलाई कारवाही गर्ने चेतावनी दिएका छन्। 

कांग्रेस काठमाडाैं क्षेत्र नम्बर ५ ले शनिबार गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले पार्टीभित्र अनुशासन हराउँदै गएको र अब अनुशासनविरुद्ध काम गर्ने जोकोहीलाई कारवाही गर्ने चेतावनी दिएका हुन्।  उनले गाउँ-गाउँमा गएर पार्टीको संगठन विस्तार गर्न कार्यकर्तालाई निर्देशन दिए। 

फरक प्रसंगमा देउवाले वर्तमान सरकारले जनताको अधिकार खोस्न खोजेको आरोप लगाए। उनले प्रजातान्त्रिक हक र अधिकारलाई बेवास्ता गरेर सरकारले काम गरिरहेको बताए। देउवाले भने,'सेना परिचालन गर्ने अधिकार र राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीको मातहत राखेर वर्तमान सरकारले शासन गर्न खोजेकाले यसविरुद्ध कांग्रेस जाग्नुपर्ने बेला आएको छ।'  

कार्यक्रममा महामन्त्री डा. शशांक कोइरालाले पार्टीभित्रको गुठ उपगुठ अन्त्य गरेर यसलाई एकताबद्ध नगरेसम्म कांग्रेस पहिलो पार्टी बन्न नसक्ने बताए। कांग्रेसले आफ्नो शक्ति निर्वाचनमा परिचालन गर्न नसक्दा पराजय भोग्नुपरेको उनको भनाइ छ। 

प्रकाशित मिति: १४:०६ बजे, शनिबार, वैशाख ७, २०७६