Kathmandu Press

भारतीय पक्षले मिचेको सीमाबारे अब बोल्न सक्नुपर्छ: खनाल

इलाम, वैशाख ७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सुशासनबिना मुलुक अघि बढ्न नसक्ने बताएका छन्। 

इलामको ....

भारतीय पक्षले मिचेको सीमाबारे अब बोल्न सक्नुपर्छ: खनाल

इलाम, वैशाख ७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सुशासनबिना मुलुक अघि बढ्न नसक्ने बताएका छन्। 

इलामको श्रीअन्तुमा शनिबार नेपाल पत्रकार महासंघ प्रदेश १ को पार्षद् भेलाको उद्घाटन गर्दै खनालले बन्द, हडताल र आतंकबाट समेत सबै त्रसित बनाउन बन्द गर्नुपर्ने बताए। उनले अहिले मुलुकको लोकतन्त्रमाथि नै प्रश्न उठाउन थालिएकाले अब लोकतन्त्र टिकाउन लाग्नुपर्नेमा जोड दिए। उनले मुलुक नयाँ युगमा प्रवेश गरेको भन्दै छिमेकी राष्ट्रसँग समेत समान व्यवहार गर्दै अघि बढ्नुपर्ने बताए। 

मुलुक स्वाधीन र स्वतन्त्र राष्ट्र भएको भन्दै उनले नेपालको सीमानाकामा मिचिएको भू–भाग र क्षेत्रफलबारे आवाज उठाउन सक्नुपर्नेमा बताए। ‘दिगो विकास नभएसम्म कुनै पनि हालतमा हामी समृद्धिको बाटोमा पुग्न सक्दैनौं’, उनले भने,“हामीले हाम्रा संस्कृतिको जर्गेनामा लाग्दै सुशासनको बाटोतर्फ लम्किनुपर्छ।”

खनालले पत्रकारिताले राष्ट्र निर्माणमा महत्वपूर्ण भमिका खेल्ने बताए। उनले लोकतन्त्रलाई बलियो बनाउनु, राष्ट्रियतामा आँच आउन नदिनु, सुशासन, दिगो विकास र सांस्कृतिक विषयवस्तुको संरक्षण गर्नु अहिलेको आवश्यकता रहेको बताए।
 

प्रकाशित मिति: १३:५० बजे, शनिबार, वैशाख ७, २०७६