एकैदिनमा विश्वभर २ लाख २० हजारभन्दा बढीलाई कोरोना
काठमाडौं, भदौं १५ : विश्वभर एकै दिनमा २ लाख २० हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा २ लाख...
काठमाडौं, भदौं १५ : विश्वभर एकै दिनमा २ लाख २० हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २ लाख २० हजार ६४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै सोमबार यो समाचार तयार पार्दासम्म कोरोना संक्रमितको संख्या २ करोड ५३ लाख ८२ हजार ४९७ पुगेको हो ।
संक्रमितमध्ये ६९.७४ प्रतिशत अर्थात १ करोड ७७ लाख ४ हजार ७६१ जना संक्रमण मुक्त भएका छन् ।
यस्तै एकै दिन थप ४ हजार १८२ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ५० हजार ५०२ पुगेको छ ।
प्रकाशित मिति: ०८:०१ बजे, सोमबार, भदौ १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












