नेकपाका महासचिवले भने–श्रीमतीका नामको ८ कठ्ठा जग्गा बेचेर बालुवाटारमा किनेको हो
काठमाडौं, वैशाख ६ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले श्रीमतीका नाममा नवलपरासीको बर्दघाटमा रहेको ८ कठ्ठा जग्गा बेचेर ....
काठमाडौं, वैशाख ६ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले श्रीमतीका नाममा नवलपरासीको बर्दघाटमा रहेको ८ कठ्ठा जग्गा बेचेर बालुवाटारमा ८ आना जग्गा किनेको प्रष्ट्याएका छन् ।
बालुवाटारको सरकारी जग्गा प्रकरणबारे शुक्रबार विज्ञप्ति निकालेर पौडेलले २०६१ साल असोज २४ गते नवलपरासीको बर्दघाट नगरपालिका–१० (साविकको तिलकपुर गाउँ विकास समिति–३ ) मा श्रीमतीका नाममा रहेको ८ कठ्ठा जग्गा बेचेर आएको रकमले बालुवाटारमा ८ आना जग्गा खरिद गरेको प्रष्ट्याएका हुन् । जग्गा खरिद गर्दा आफू मन्त्री, सांसद वा कुनै पनि तहको जनप्रतिनिधिको जिम्मेवारीमा नरहेको पनि स्पष्ट पारेका छन् ।
उनले २०६१ पुस २९ गते काठमाडौं महानगरपालिका–४, बालुवाटारस्थित ८ आना जग्गाको श्रेता सम्बन्धित मालपोत कार्यालयमा विक्री गर्ने व्यक्ति उमा ढकाल र माधवी सुवेदीको नाममा कायम रहेको जग्गा किनेर छोरा नविन पौडेलको नाममा पास गरेको पनि उल्लेख गरेका छन् ।
बालुवाटारस्थित सरकारी जग्गा गैरकानूनीरुपले व्यक्तिमा भएको दर्ता बदर गरी सरकारकै नाममा कायम गर्ने सरकारको निर्णयको पनि स्वागत गर्दै उनले सरकारले गर्ने छानविनमा पूर्णरुपमा साथ दिने बताएका छन् ।
पौडेलले जग्गा प्रकरणबारे तत्काल छानविन गर्न पनि माग गरे । आफूमाथि लगाइएका आरोप झुठो भएको भन्दै उनले त्यसलाई पुष्टि गरेर देखाउन चुनौती पनि दिएका छन् ।
हेर्नुस् विज्ञप्ति:







