सर्वोच्च अदालतमा पाँच न्यायाधीश नियुक्त
काठमाडौं, वैशाख ६ : सर्वोच्च अदालतमा पाँच जना न्यायाधीश नियुक्त भएका छन्।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले न्याय परिषदको सिफार....

काठमाडौं, वैशाख ६ : सर्वोच्च अदालतमा पाँच जना न्यायाधीश नियुक्त भएका छन्।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले न्याय परिषदको सिफारिसमा संविधानको धारा १२९ को उपधारा २ बमोजिम सर्वोच्च अदालतमा पाँच न्यायाधीश नियुक्त गरेकी हुन्।
सर्वोच्चको न्यायाधीशमा प्रकाशकुमार ढुंगाना, सुष्मलता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाल र डा. मनोजकुमार शर्मा नियुक्त भएका हुन्। ढुंगाना र माथेमा उच्च अदालतका मुख्य न्यायाधीश थिए भने रेग्मी, फुयाल र शर्मा कानून व्यवसायी मध्येबाट न्यायाधीशका लागि सिफारिसमा परेका थिए।
यसअघि बिहीबार बसेको संसदीय सुनुवाई विशेष समितिको बैठकले पाँच जनाको नाम सर्वसम्मतीबाट अनुमोदन गरेको थियो।
प्रकाशित मिति: १८:३६ बजे, शुक्रबार, वैशाख ६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











