Kathmandu Press

प्रमुख निर्वाचन आयुक्तमा थपलिया नियुक्त

काठमाडौं, वैशाख ६ : निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा दिनेश थपलिया नियुक्त भएका छन्।  

थपलियालाई शुक्रबार राष्ट्रपति विद्यादेवी ....

प्रमुख निर्वाचन आयुक्तमा थपलिया नियुक्त

काठमाडौं, वैशाख ६ : निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा दिनेश थपलिया नियुक्त भएका छन्।  

थपलियालाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २४५ को उपधारा २ बमोजिम प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरेकी हुन्। यसअघि बुधबार थपलिया संसदीय सुनुवाई विशेष समितिबाट सर्वसम्मतीबाट अनुमोदित भएका थिए।

निर्वाचन आयोग गत चैत १० देखि प्रमुख आयुक्तविहीन थियो। डा. अयोधीप्रसाद यादवले अवकाश पाएपछि संवैधानिक परिषदको बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवका रुपमा कार्यरत थपलियालाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो।
 

प्रकाशित मिति: १८:२६ बजे, शुक्रबार, वैशाख ६, २०७६