Kathmandu Press

पीसकोर नेपालका ४९ जना स्वयंसेवकले लिए शपथ

काठमाडौं, वैशाख ६ : पीसकोरका नेपालका नयाँ ४९ जना स्वयंसेवकले शपथ लिएका छन्। उनीहरुलाई अमेरिकी राजदूत र्‍यान्डी बेरी र पीसकोरका नेपाल निर्देशक शेरी....

पीसकोर नेपालका ४९ जना स्वयंसेवकले लिए शपथ

काठमाडौं, वैशाख ६ : पीसकोरका नेपालका नयाँ ४९ जना स्वयंसेवकले शपथ लिएका छन्। उनीहरुलाई अमेरिकी राजदूत र्‍यान्डी बेरी र पीसकोरका नेपाल निर्देशक शेरी रस्सेलले संयुक्तरुपमा शपथ  खुवाएका हुन्।

नेपालमा आफ्नो दुई वर्षीय सेवा सुरु गर्नु अघि उनीहरूले शपथ लिएका हुन्। नयाँ स्वयंसेवकहरू सन् १९६२ यता नेपालमा आएर सेवा पुर्‍याइसकेका  ३८ सयभन्दा बढी स्वयंसेवक र विश्वभरका अन्य ६५ देशमा सेवारत ७२ सयभन्दा बढी पीसकोर स्वयंसेवकहरूको सूचीमा सामेल भएका छन्। 

शपथ ग्रहण कार्यक्रममा राजदूत बेरीले ग्रामीण क्षेत्रमा परम्परागत रूपमा सीमान्तकृत क्षेत्रमा कार्यरत पीसकोर स्वयंसेवकका रूपमा अमेरिकी जनता र हाम्रो संस्कृति तथा मूल्यबारे नेपालीहरूको बुझाइका सम्बन्धमा ठूलो प्रभाव पार्न सक्ने विश्वास व्यक्त गरे। फेब्रुअरी २०१९ मा नेपाल आइपुगेका ४९ जना पीसकोर स्वयंसेवकले आफ्नो सेवाको तयारीका लागि काभ्रे जिल्लामा ११ हप्ते सघन भाषिक, अन्तरसांस्कृतिक तथा प्राविधिक तालिम पूरा गरेका छन्।

सरकारी विद्यालयहरूमा अंग्रेजी भाषा अध्यापन गर्नुका साथै खाद्य सुरक्षा, युवा विकास तथा स्वास्थ्यसम्बन्धी परियोजनाहरूमा काम गर्न स्वयंसेवकहरूलाई प्रदेश नम्बर ३ देखि ७ सम्मका १० जिल्लामा खटाइएको छ। शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय तथा कृषि मन्त्रालयसँगको समन्वयमा यस्ता परियोजनामा काम गर्दै उनीहरूले नेपाल सरकारको प्राथमिकतामा रहेका कार्यक्रमलाई समेत सहयोग गर्नेछन्। यस पटकका स्वयंसेवकहरूको समूहमा शिक्षा मन्त्रालयको आग्रहमा अङ्ग्रेजी पढाउन आएका स्वयंसेवकहरू समेत समावेश छन्। सन् २००४ यता नेपालमा अङ्ग्रेजी पढाउन आउने पीसकोर स्वयंसेवकहरूको यो पहिलो समूह हो। सन् १९६१ मा स्थापना भएदेखि नै पीसकोर विश्व शान्ति तथा मित्रताको ध्येयबाट निर्देशित छ। 

संस्थाले विश्वभर विकासलाई अगाडि बढाउने र अन्तरसांस्कृतिक समझदारी निर्माण गर्ने काम गर्दछ।  स्थानीय व्यक्ति तथा समुदायसँग बस्दै र काम गर्दै ती स्वयंसेवकहरूले आफ्ना सिप तथा अनुभव बाँड्ने काम गर्छन्। सन् १९६१ यता दुई लाख २० हजारभन्दा बढी स्वयंसेवकले १४० देशमा सेवा गरिसकेका छन्।
 

प्रकाशित मिति: १८:१८ बजे, शुक्रबार, वैशाख ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्