विप्लव समूहका नेता भुजेललाई छोड्न सर्वोच्चको आदेश
काठमाडौं, वैशाख ६ : सर्वोच्च अदालतले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सूर्यबहादुर भुजेललाई छोड्न आद....
काठमाडौं, वैशाख ६ : सर्वोच्च अदालतले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सूर्यबहादुर भुजेललाई छोड्न आदेश दिएको छ।
न्यायाधीशहरु पुरूषोत्तम भण्डारी र अनिल सिन्हाको इजलासले शुक्रबार विप्लव समूहका काठमाडौं उपत्यका इञ्चार्ज भुजेललाई छोड्न आदेश दिएको हो।
प्रहरीले भूजेललाई गैरकानुनी थुनामा राखेको भन्दै पितकुमारी भुजेलले गत चैत २७ गते बन्दीप्रत्येक्षीकरणको रिटमाथि सर्वोच्चमा दायर गरेकी थिइन्। सोही रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले भुजेललाई थुनामुक्त गर्न आदेश दिएको हो।
गत फागुन १२ गते ललितपुरको नख्खुस्थित एनसेल टावरलाई लक्षित गरी बम विस्फोट गराएको भन्दै भुजेललाई प्रहरीले फागुन १५ गते पक्राउ गरेको थियो।






