Kathmandu Press

विश्वभर एकैदिनमा थपिए २ लाख ६३ हजार संक्रमित

विश्वभर एकैदिनमा थपिए २ लाख ६३ हजार संक्रमित

काठमाडौं, भदौं ११ : पछिल्लो २४ घण्टामा मात्रै विश्वभर २ लाख ६३ हजार संक्रमित थपिएका छन्। यस्तै ६ हजार १४६ जनाको मृत्यु भएको छ।

विश्वभर हालसम्म संक्रमति हुनेको संख्या २ करोड ४३ लाख पुगेको छ भने मृतकको संख्या ८ लाख २८ हजार पुगेको छ। १ करोड ६८ लाख मानिस उपचारपछि निको भएका छन्। भारतमा पछिल्लो २४ घण्टामा झण्डै ७६ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सहित कुल संक्रमितको संख्या ३३ लाख ७ हजार नाघेको छ।

Hardik ivf

 १ हजार १७ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ६० हजार ६२९ पुगेको छ। पछिल्लो २४ घण्टामा अमेरिकामा ४२ हजार संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ५९ लाख ९८ हजार पुगेको छ भने १२ सय ३६ जनाको मृत्यु भएसँगै मृतकको संख्या १ लाख ८३ हजार ६ सय पुगेको छ।  

यस्तै ब्राजिलमा ४७ हजार ८२८ संक्रमित थपिएका छन् भने १ हजार ९० जनाको मृत्यु भएको छ। त्यहाँ कुल संक्रमितको संख्या ३७ लाख २२ हजार तथा कुल मृतकको संख्या १ लाख १७ हजार ७५६ पुगेको छ।

त्यस्तै हिजो कोलम्बियामा १० हजार, अर्जेन्टिनामा साढे १० हजार, मेक्सिकोमा ५ हजार, फ्रान्समा ५ हजार ४ सय तथा इराकमा ३ हजार ८ सय जना संक्रमित थपिएका छन्। 

प्रकाशित मिति: ०६:५४ बजे, बिहीबार, भदौ ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्