बालबालिकालाई भिटामिन ‘ए’ किन खुवाउने?
काठमाडौं, वैशाख ६ : राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत आज र भोली देशभर भिटामिन ‘ए’ खुवाइदै छ । योसँगै जुकाको औषधि पनि खुव....
काठमाडौं, वैशाख ६ : राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत आज र भोली देशभर भिटामिन ‘ए’ खुवाइदै छ । योसँगै जुकाको औषधि पनि खुवाइदै छ।
देशभरका सबै स्थानीय तहमा पाँच वर्ष मूनिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइन लागिएको हो। त्यस्तै, पाँच वर्ष मूनिका बालबालिकालार्य जुकाको औषधि खुवाइरहेको जनाएको छ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्र्तगतको पोषण शाखा प्रमुख केदार पराजुलीले पाँच वर्षसम्मका २७ लाखभन्दा बढि बालबालिकालाई भिटामीन ‘ए’ खुवाइने बताए। त्यस्तै, एक वर्षदेखि पाँच वर्षसम्मका २३ लाखभन्दा बढि बालबालिकालाई जुकाको औषधि खुवाइने उनले बताए।
यसका लागि देशभर ३६ हजार बुथ तोकिएको छ। त्यसमा ५१ हजार चार सय ७० महिला स्वास्थ्य स्वयं सेविका र नौ हजार दुई सय ४६ स्वास्थ्यकर्मी परिचालन गरिएको छ।
सन २००१ देखि हरेक ६÷६ महिनामा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन थालिएको हो।
भिटामिन ‘ए’ किन खुवाउने?
भिटामिन ‘ए’ले बालबालिकामा रक्तअल्पता हुनबाट जोगाउँछ । आँखासम्बन्धी रोग जस्तै रतन्धो नलाग्ने र शरीरमा रोगसँग लड्न सक्ने क्षमता बढ्ने जनाएको छ।
बालबालिकामा जुका पर्दा त्यसले पछि ठुलो संक्रमणको रुप लिने भएकाले जुकाको औषधि खुवाउने गरेको महाशाखाका प्रमुख पराजुलीले बताए।
गाँजर, हरियो साग, ब्रोकाउली, गोलभेडा, आँपमा भिटामिन ‘ए’ पाइन्छ। सबैको पहुँचमा यि खानेकुरा नहुने भएकाले भिटामिन ‘ए’ खुवाउने गरिएको उनले बताए।











