Kathmandu Press

र्‍याफ्टिङ गरेर फर्किए प्रचण्ड

काठमाडौं, वैशाख ६ : नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुनकोशीमा र्‍याफ्टिङ गरेर काठमाडौं फर्किएका छन्।

पत्नी सितासहित प....

र्‍याफ्टिङ गरेर फर्किए प्रचण्ड

काठमाडौं, वैशाख ६ : नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुनकोशीमा र्‍याफ्टिङ गरेर काठमाडौं फर्किएका छन्।

पत्नी सितासहित प्रचण्ड सुकुटे पुगेका थिए। एक रात त्यही विताएका उनी फर्किने बेला सुनकोशीमा र्‍याफ्टिङ गर्न पुगेका हुन्। उनी शुक्रबार काठमाडौं फर्किएको सचिवालयले जनाएको छ।

उनी आराम गर्न सुकुटे पुगेका थिए। परिवारका सदस्य पनि प्रचण्डसँगै सुकुटे गएका थिए। नेकपामा एकीकरणको विषयमा विवाद रहेकै बेला उनले आराम गर्न काठमाडौं छोडेका थिए । यसअघि उनी नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँगै चन्द्रागिरी गएका थिए।

उनीहरूले एक रात चन्द्रागिरीमै बिताएका थिए। उनीहरूसँगै नेकपा महासचिव बिष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा पनि रहेका थिए।

 

प्रकाशित मिति: १२:३५ बजे, शुक्रबार, वैशाख ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्