Kathmandu Press

विश्वभर एकैदिन थपिए २ लाख ४० हजार कोरोना संक्रमित 

विश्वभर एकैदिन थपिए २ लाख ४० हजार कोरोना संक्रमित 
Hardik ivf

काठमाडौं, भदौं १० : विश्वभर एकैदिन २ लाख ४० हजार ५९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

जसबाट कोरोना संक्रमितको संख्या २ करोड ४० लाख ४३ हजार ६०० पुगेको छ ।  यस्तै एकै दिन थप ५ हजार ८५६ को मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख २२ हजार ५२८ पुगेको छ ।

संक्रमितमध्ये १ करोड ६५ लाख ९१ हजार ३३८ जना संक्रमण मुक्त भएका छन् । विश्वका सक्रिय संक्रमितको संख्या ६६ लाख २८ हजार ८५७ छ । उनीहरु मध्ये ६१ हजार ७१९ जनाको अवस्था गम्भीर छ ।

प्रकाशित मिति: ०७:४२ बजे, बुधबार, भदौ १०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्