विप्लवका पाल्पा किसान संघ अध्यक्ष पक्राउ
पाल्पा, वैशाख ६ : नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अलिख नेपाल किसान संघ, पाल्पाका अध्यक्ष टोपराज बस्याल पक्राउ परेका छन्।
पाल्पा, वैशाख ६ : नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अलिख नेपाल किसान संघ, पाल्पाका अध्यक्ष टोपराज बस्याल पक्राउ परेका छन्।
उनलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनलाई तानसेन नगरपालिका–८ मदनपोखराबाट प्रहरीको टोली पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलका अनुसार, बस्याललाई हिरासतमा राखिएको छ।
उनी नेकपाका जिल्ला सदस्य पनि हुन्। त्यस्तै किसान संघको केन्द्रीय सदस्य समेत रहेको जनाएको छ।
उनीमाथि मुद्दा चलाउन थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १२:१२ बजे, शुक्रबार, वैशाख ६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार