हिन्दु राष्ट्रका लागि राप्रपाले देशभर प्रदर्शन गर्दै
काठमाडौं, वैशाख ६ : हिन्दु राष्ट्र कायम गर्न माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज देशभर प्रदर्शन गर्न लागेको छ।
यस अघि राप्....

काठमाडौं, वैशाख ६ : हिन्दु राष्ट्र कायम गर्न माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज देशभर प्रदर्शन गर्न लागेको छ।
यस अघि राप्रपाले हिन्दु राष्ट्र कायम गर्नु पर्नेलगायत २२ बुँदे मागपत्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको थियो। प्रधानमन्त्रीलाई मागपत्र बुझाएसँगै राप्रपामा आन्दोलनमा उत्रिएको हो।
गत शुक्रबार देशभरका स्थानीय तह अगाडि धर्ना दिएको थियो। आज देशभर प्रदर्शनको कार्यक्रम रहेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए।
काठमाडौंमा दिउसो २ बजे प्रदर्शन गरिने जनाएको छ। प्रदर्शनमा राप्रपा अध्यक्ष कमल थापालगायत नेताहरू सहभागी रहने श्रेष्ठले बताए।
प्रकाशित मिति: ११:३१ बजे, शुक्रबार, वैशाख ६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











