Kathmandu Press

राष्ट्रकविको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि (फोटो फिचर)

काठमाडौं, भदौ २ : राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि

राष्ट्रकविको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि (फोटो फिचर)
रिवाज राई

काठमाडौं, भदौ २ : राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

बुधबार राष्ट्रकवि घिमिरेको पार्थिव शरीरलाई नेपाली सेनाको टोलीले स्कर्टिङ गरेर आर्यघाट पुर्‍याएको थियो। आर्यघाटमा नेपाली सेना र सशस्त्र प्रहरीको टुकुडीले सलामी अर्पण गरेको थियो।

यसअघि घिमिरेको पार्थिव शरीरमा सरकारका तर्फबाट उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएका थिए।

त्यस्तै, कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिकवि घिमिरको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए। उनलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न विभिन्न राजनीतिक दलका नेता पुगेका थिए।

राष्ट्रकवि घिमिरेको मंगलबार साँझ एक सय एक वर्षको उमेरमा निधन भएको थियो।

प्रकाशित मिति: १३:१६ बजे, बुधबार, भदौ ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्