रहेनन् राष्ट्रकवि माधवप्रसाद घिमिरे
काठमाडौं, भदौ २ : राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ।
काठमाडौं, भदौ २ : राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। राष्ट्रकवि घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा १०१ वर्षको उमेरमा निवासमै निधन भएको हो। श्वासप्रश्वासमा समस्या देखिएपछि विगत चार महिनादेखि उनलाई अक्सिजन दिएर घरमै उपचार गरिराखिएको थियो। राष्ट्रकवि घिमिरेको जन्म विसं १९७६ असोज ७ गते लमजुङको पुस्तुन गाउँमा भएको थियो।
यो पनि पढ्नुस् : जीवनबारे राष्ट्रकवि : सके केही गर, नसके संसार हेर्दै मुस्कुराऊ!
प्रकाशित मिति: १८:२८ बजे, मंगलबार, भदौ २, २०७७प्रतिक्रिया दिनुहोस्
थप समाचार











