कोरोना संक्रमित दुई चिकित्सक शिक्षण अस्पतालको आईसीयूमा उपचाररत, प्लाज्मा थेरापी गर्ने तयारी
काठमाडौं, साउन २९ : कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न दुई चिकित्सक सिकिस्त भएपछि त्रिवि शिक्षण
काठमाडौं, साउन २९ : कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न दुई चिकित्सक सिकिस्त भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको आईसीयूमा उपचाररत छन्।
नोवेल मेडिकल कलेज, विराटनगर र वीर अस्पतालमा कार्यरत दुई चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि विगत एक सातादेखि उपचारमा छन्। दुवै चिकित्सकमा कोरोना भाइरसको कडा लक्षण देखिएपछि शिक्षण अस्पतालमा अक्सिजन दिएर उपचार गरिँदै आएको छ। त्रिवि शिक्षण अस्पतालले दुवै चिकित्सकलाई प्लाज्मा थेरापी विधिबाट उपचार गर्ने तयारी गरेको छ।
त्रिवि शिक्षण अस्पताल कोभिड व्यवस्थापन समितिका संयोजक डा. सन्त कुमार दासका अनुसार दुवैजना चिकित्सकको प्लाज्मा थेरापी विधिबाट उपचार गर्ने तयारी भइरहेको छ। ‘दुवै चिकित्सकलाई अहिले आईसियूमा राखेर उपचार गरिएको छ,’ दासले काठमाडौं प्रेससँग भने ‘उनीहरुको चाँडै नै प्लाज्मा थेरामी बिधीबाट उपचार गर्ने तयारीमा छौं।’
नोवेल मेडिकल कलेज, विराटनगरका संक्रमित चिकित्सकलाई गत मंगलबार त्रिवि शिक्षण अस्पताल ल्याइएको थियो भने वीर अस्पतालका संक्रमित चिकित्सकलाई गत शनिबार त्रिवि शिक्षण अस्पतालमा ल्याइएको डा.दासले बताए। अहिले उनीहरुको अवस्था सामान्य रहेको उनको भनाइ छ। ‘दुवैको अवस्था सामान्य छ, अक्सिजन दिइरहेका छौं,’ उनले भने।
संक्रमित चिकित्सकहरुको कन्ट्याक्ट ट्रेसिङ गर्दा अस्पतालबाटै सरेको हुनसक्ने अनुमान गरिएको डा. दासले बताए।