Kathmandu Press

नायिकाको स्टाटसले फेरि चर्कियो 'महानायक' विवाद

काठमाडाैं, साउन २० : कोरोना महमारीले थलिएको नेपाली फिल्म क्षेत्र ‘महमानायक विवाद’ले व्या

नायिकाको स्टाटसले फेरि चर्कियो 'महानायक' विवाद

काठमाडाैं, साउन २० : कोरोना महमारीले थलिएको नेपाली फिल्म क्षेत्र ‘महमानायक विवाद’ले व्यापक चर्चामा छ। राजेश हमाललाई महानायक मान्ने र नमान्ने दुवै पक्षमा ठूलो जमात छ, फिल्म क्षेत्रमा। महानायक विवादमा फिल्म क्षेत्र मात्र होइन, आम दर्शक पछि दुई कित्तामा विभाजित छन्।

करिब दुई महिना अघि एक अन्तर्वार्ताका क्रममा अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले राजेश हमाल अहिले महानायक होइनन् भन्ने अभिव्यक्ति दिएपछि महानायकका विषयमा बहस व्यापक भएको हो।

दीपाश्रीको यो अभिव्यक्तिपछि ‘महानायक को?’ भन्ने व्यापक चर्चा परिचर्चा भयो। धेरैले सामाजिक सञ्जालमा राजेश हमाल नै महानायक भएको भन्दै दीपाश्रीको अभिव्यक्तिको विरोध गरे र गालीगलौजमा समेत उत्रिए। केही कलाकर्मी र दर्शकहरु दीपाश्रीको समर्थनमा पनि उभिए। आफ्नो अभिव्यक्तिको धेरै टिकाटिप्पणी भएपछि दीपाश्री डिप्रेसनमा पनि गएकी थिइन्।

Hardik ivf

केही सातायता साम्य भएको ‘महानायक विवाद’ पुनः सुरु भएको छ। यो पटक महानायक विवादमा मुछिइन् नायिका निरुता सिंह। दुई दिनअघि निरुताले फेसबुकमा महानायकका विषयमा स्टाटस लेखेपछि उनी ‘महानायक विवाद’मा तानिएकी हुन्।

निरुताले नायक भुवन केसीको प्रशंसा गर्दै ‘समपनाको महानायक’सँग पहिलो फिल्ममा काम गर्न पाउँछु भन्ने सपना पनि नसोचेका स्टाटसमा खेलिन्। त्यतिवेला नयाँ कलाकारलाई भुवन केसीले गरेको सहयोग देखेपछि आफू उनको फ्यान भएको निरुताले उल्लेख गरेकी थिइन्।

निरुताले फेसबुक स्टाटस यस्तो थियो–

मलाई आज पनि सम्झना आउँछ, दार्जिलिङमा छँदाको त्योवेला, जुनवेला हामी साथीभाइहरू बसेर सिनेमाका नायक/नायिकाको बारेमा कुरा गथ्र्यौं। त्यतिवेला हिन्दी चलचित्र हेर्न त्यति पाइँदैथ्यो, तर नेपाली चलचित्र आयो भने बाबा–आमा आफैँले लिएर जानु हुन्थ्यो। दार्जिलिङमा हामीले नेपाली चलचित्रको नायक/नायिका भनेर चिने–जानेको नै श्रदेय दाइ भुवन केसी अनि श्रदेय तृप्ती नाडकर दिदी हो। हामी सबै भुवन दाइ अनि तृप्ति दिदीको फ्यान थियौं।

त्योवेला मैले सपनामा पनि सोचेको थिइनँ, मेरो पहिलो चलचित्रमा नै मेरो सपनाको महानायकसँग काम गर्ने मौका पाउँछु भनेर। त्यतिमात्रै नभएर म नयाँ कलाकारलाई जुन तरिकाले सहयोग गर्नुभयो, त्यो देखेर म झनै उहाँको फ्यान भएँ। यसका लागि म आफैँलाई नै भाग्यमानी ठान्छु। भुवन दाइ हजुरले गर्नुभएको हर सहयोग अनि मायाका लागि मुरी–मुरी धन्यवाद! हजुरको त्यो माया र सहयोग म मेरो जीवनको अन्तिम दिनसम्म भुल्ने छैन, हजुर मेरा लागि रियल हिरो हो।

निरुताले स्टाटस् पोस्ट गरेको केही समयपछि नै सामाजिक सञ्जालमा चर्चाको विषय बन्यो। पक्ष–विपक्ष दुवैमा उनको स्टाटस्मा कमेन्ट आए। केही निरुतालाई राजेश हमाल नै महानायक भएको भन्दै गाली गरे भने कतिपयले निरुताको स्टाटस्को आसय नबुझी गाली गर्न नहुने लेखे।

धेरै विरोध आउन थालेपछि अर्को दिन निरुताले आफ्नो पहिलाकै स्टासमा कमेन्ट गर्दै प्रतिप्रश्न गरिन्, ‘मैले कहाँ भनेको छु, महानायक राजेश हमाल होइन, भुवन केसी हो भनेर?’ उनले आफू फिल्फ क्षेत्रमा आउनुभन्दा अघिदेखि नै आफूले चिनेको नायक या महानायक भुवन केसी भएको बताएकी छिन्।

साथै उनले आफू पनि कलाकार भएको भन्दै आफूभन्दा सिनियर सबै कलाकारहरु आफ्ना लागि माननीय भएको भन्दै उनीहरुलाई सधैं सम्मान गर्ने बताएकी छिन्।  उनले कमेन्टमा लेखेकी छिन्, ‘म त्यो वेलादेखि नै भुवन दाइको फ्यान थिएँ, र मैले भुवन केसी त्यो वेलाको मेरो सपनाको महानायक हो भनेकी हुँ।’

उनले थपेकी छिन्, ‘न त मैले राजेश दाइको विरोध गरेको हो, न त अरु कसैलाई नराम्रो भनेको हो। राजेश दाइसँग मैले धेरै चलचित्रमा काम गरेको छु, अनि राजेश दाइ मेरो लागि पनि त्यत्तिकै माननीय हुनुहुन्छ, जति तपाईहरूको लागि हो। मेरो लागि भुवन दाइ, शिव श्रेष्ठ दाइ अनि राजेश दाइ यी तीनैजना महानायक हुन्।’

निरुताले कमेन्टमा लेखेकिछन्, ‘हाम्रो चलचित्र क्षेत्रलाई यहाँसम्म ल्याउन तीनै जनाको ठूलो भूमिका छ। मलाई लाग्दैन राजेश दाइलाई यो कÞुराले कुनै फरक पर्छ, किनकी उहाँलाई थाहा छ म उहाँलाई कति सम्मान गर्छु भनेर!’

निरुताले कमेन्टमा स्पष्टिकरण दिँदै आफू नायिका मात्र नभएर मान्छे पनि भएकाले आफ्नो बेग्लै सोच र मन भएको उल्लेख गरेकी छिन्। आफूलाई कसैले गरेको माया र सहयोगका लागि उसलाई धन्वयाद दिन आफ्नो निजी कुरा भएको भन्दै निरुताले यसमा कसैको आपत्ति हुनु नपर्ने लेखेकी छिन्।

निरुताले आफू कलाकार भएकाले कलाकार भएरै बाँच्न र मर्न चाहेको पनि उल्लेख गरेकी छिन्। उनले कलाकार केवल कामको भोको हुने भन्दै सुपरस्टार, महानायक÷नायिका सबै आफ्ना लागि भ्रम मात्र भएको लेखेकी छिन्।

निरुताले कमेन्टमा स्पष्टिकरण दिएपछि पनि सामाजिक सञ्जालमा विरोधको क्रम जारी नै छ। त्यसपछि निरुताले लामो स्टाटस् लेख्दै आफ्नो भनाइको गलत अर्थ लगाएको भन्दै विवादमा नतान्न आग्रह गरिन्। उनले नेपाली चलचित्रको एउटा कलाकारको नाताले आफूलाई अग्रज दाइ अनि दिदीहरूलाई सम्मानपूर्वक उपाधि दिने अधिकार छैन भन्दै प्रतिप्रश्न गरेकी छिन्। निरुताले आफ्ना लागि राजेश हमाल नै महानायक भएको बताएकी छिन्।

यस्तो छ निरुताको स्पष्टिकरणः

१) मलाई अचम्म लागेको अनि मैले बुझ्न नसकेको कुरा, मैले कहाँ र कहिले लेखेको छु कि मेरो लागि महानायक राजेश हमाल होइन र भुवन केसी हो भनेर?

२) मैले स्टाटसमा आजको कुरा लेखेको होइन, मैले त्योवेलाको कुरा लेखेकी हुँ जुनवेलामा राजेश दाइले पनि नेपाली चलचित्र जगतमा पाइला राख्नु भएको थिएन। जुनवेला मैले भुवन केसीको सिल्वर जुब्ली चलचित्र कुसुमे रुमाल, सम्झना, साइनोलगायत चलचित्रहरू हेरेको थिएँ।

३) मैले त्यो वेलाको मेरो ‘सपनाको महानायक’ भनेर शुद्ध नेपाली शब्दमा लेखेको थिएँ। ‘मेरो सपनाको महानायक’ यो शब्दको मतलब हाम्रो नेपाली दाजुभाइ–दिदीबहिनीहरूले नबुझ्नु भएकै हो त?

४) अब कुरा गरौं महानायकको, मेरो लागि पनि महानायक राजेश हमाल हो। अनि म राजेश दाइलाई सम्मान गर्छु।

५) नेपाली चलचित्रको एउटा कलाकारको नाताले के मलाई मेरो अग्रज दाइ अनि दिदीहरूलाई सम्मानपूर्वक उपाधि दिने अधिकार पनि छैन? मेरो लागि ति सबै अग्रज कलाकार (राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ, हरिवंश आचार्य, मदन कृष्ण श्रेष्ठ, नीर शाह, भुवन चन्द, बसुन्धरा भुसाल, करिश्मा मानन्धर, गौरी मल्ल, मिथिला शर्मा)हरू नै महानायक अनि महनायिका हुनुहुन्छ, जसले सानो नेपाली चलचित्र क्षेत्रलाई यहाँसम्म पुर्‍याउन आफ्नो कलाको योगदान दिनुभएको छ। यदि म कसैलाई श्रद्धा गरेर महानायक, महानायिका, सुपरस्टार, मेघास्टार या कुनै पनि उपाधि दिऊँ, त्यो मेरो नितान्त निजी विचार हो। त्यो मेरो विचार र श्रद्धालाई मबाट छिन्न सक्दैन। हामी सबै आफ्नो विचार, सोच अनि श्रद्धा दर्शाउन स्वतन्त्र छौं।

६) धेरैले कमेन्टमा लेख्नु भएको रहेछ, अब तिमीलाई फलो गर्दिनँ अनि फ्यान फलोइङ घट्छ भनेर। अनि भुवन केसीले मलाई फिल्ममा काम दिनुहुन्छ भनेर मैले भुवन केसीको चम्चगिरी गरेँ अरे। म उहाँहरूलाई भन्न चाहन्छु, नेपाली चलचित्रदेखि टाढा रहेको धेरै वर्ष भइसक्यो, मैले नेपाली चलचित्रमा काम गर्नको लागि आज आएर कसैको चम्चागिरी गर्नु जरूरी नै छैन। मैले मेरो नेपाली चलचित्र क्षेत्रलाई मेरो जीवनको अमुल्य २७ वर्ष योगदान दिइसकेको छु। त्यसैले मलाई साँचो मनले माया गरेर मेरो भावनाको कदर गर्ने मेरो समझदार, माननीय, पूजनीय अनि ढोगनीय एक जना मात्र दर्शक, फ्यान मेरा लागि काफी छ।

७) मलाई आजसम्म माया अनि सम्मान दिनु हुने साथै मैले भन्न खोजेको कुराको सही मतलब बुझी दिनु हुने मेरो सम्पूण समझदार, माननीय, पूजनीय अनि ढोगनीय दर्शक, फ्यानहरूमा म निरूता सिंह दुई हात जोड़ी हृदयदेखि नै धन्यवाद टक्राउँछु।

८) कसैको स्टाटसलाई राम्ररी नपढी–नबुझी त्यो स्टाटसले भन्न नखोजेको कुराको जबर्जस्ती गलत मतलब निकालेर यो नै भन्न खोजेको भनेर गाली गर्नु कुनैपनि हिसाबले उचित हो जस्तो मलाई लागदैन। भलै त्यो स्टाटस कुनै दुश्मनकै किन नहोस्। ९) आज सारा विश्व कोरोना महामारीसँग लडिरहेको छ, भोलि के हुन्छ कसैलाई थाहा छैन।

तर, यहाँ हामी भने ‘महनायक को?’ भन्ने लडाइँमा अल्झिरहेका छौं। भगवान श्री पशुपतिनाथले हामी सम्पूर्ण नेपालीहरूलाई सत्बुद्धी दिउन। दुई दिनको यो छोटो जिन्दगीमा सबै मिलीजुली रहने अनि एक–अर्काको भावनाको कदर गर्ने विचार सबैमा जगाइ दिऊन।

प्रकाशित मिति: ११:४६ बजे, मंगलबार, साउन २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्