पत्रकार गिरी साधारण तारेखमा रिहा
काठमाडौं, वैशाख ५ : साइबर क्राइमको मुद्दामा पक्राउ परेका पत्रकार अर्जुन गिरी साधारण तारेखमा रिहा भएका छन्।
बिहीबार जिल्....

काठमाडौं, वैशाख ५ : साइबर क्राइमको मुद्दामा पक्राउ परेका पत्रकार अर्जुन गिरी साधारण तारेखमा रिहा भएका छन्।
बिहीबार जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको एकल इजालसले गिरीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले साइबर क्राइमको मुद्दामा गिरीलाई सोमबार बिहान पोखराबाट पक्राउ गरी मुद्दा चलाएको थियो। गिरी पोखरबाट प्रकाशन हुने ‘ताण्डव’ साप्ताहिक र ताण्डवन्यूज डटकमका सम्पादक हुन्।
पैसा नतिरेर ठगी गरेको समाचार लेखेको भन्दै बतास कम्पनीका वीपेन्द्रराज बतासले सम्पादक गिरीविरुद्ध साइबर क्राइमको मुद्दा दायर गरेका थिए।
प्रकाशित मिति: १६:५८ बजे, बिहीबार, वैशाख ५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











