Kathmandu Press

बालुवाटारमा प्रदर्शनकारीमाथि धरपकड, २५ पक्राउ

काठमाडौं, साउन १६ : प्रधानमन्त्री निवास बालुवाटरअघि शुक्रबार शान्तिपूर्ण प्रदर्शन गरिरहेका ‘इन

बालुवाटारमा प्रदर्शनकारीमाथि धरपकड, २५ पक्राउ
रिवाज राई

काठमाडौं, साउन १६ : प्रधानमन्त्री निवास बालुवाटरअघि शुक्रबार शान्तिपूर्ण प्रदर्शन गरिरहेका ‘इनफ इज इनफ’का युवामाथि प्रहरीले धरपकड गरेको छ। प्रदर्शनमा उत्रिका २५ जनालाई नियन्त्रणमा लिएको छ।

कोरोना भाइरसको रोकथाममा सरकारले लापरबाही गरेको भन्दै ‘इनफ इज इनफ’ अभियानमा संलग्न युवाले प्रदर्शन गरेका हुन्। उनीहरु भ्रष्टाचार गर्नेलाई कारबाही गर्न र पीसीआर परीक्षण बढाउन माग गर्दै आएका छन्।

यो अभियानको नेतृत्व गरिरहेका ई अनशनमा छन्। उनको स्वास्थ्यमा समस्या देखिन थालेपछि बालुवाटारमा प्रदर्शन गरिएको हो।

प्रकाशित मिति: १३:२८ बजे, शुक्रबार, साउन १६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्