Kathmandu Press

रञ्जन कोइरालाको मुद्दा पुनरावलोकन हुने 

काठमाडौं, साउन ११ : रञ्जन कोइरालाको मुद्दाले पुनरावलोकनको लागि अनुमति पाएको छ। सर्वोच्चका न्यायाधीश

रञ्जन कोइरालाको मुद्दा पुनरावलोकन हुने 

काठमाडौं, साउन ११ : रञ्जन कोइरालाको मुद्दाले पुनरावलोकनको लागि अनुमति पाएको छ। सर्वोच्चका न्यायाधीश त्रय बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले अनुमति दिने आदेश दिएका हुन्।

अव यस मुद्दामाथि सर्वोच्च अदालतका तीन न्यायाधीश रहेको इजलासले कैद छुट दिनु न्यायसम्मत छ या छैन भनेर फैसला गर्नेछन्।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले श्रीमती हत्याको अभियोगमा साढे ११ वर्ष कैद छुट दिन फैसला गरेका थिए।

यस फैसलाविरुद्ध महान्यायाधीशवक्ता कार्यालयलले गत बिहीबार पुनरावलोकनका लागि पुनः सर्वोच्चमा मुद्दा दायर गरेको थियो।

प्रकाशित मिति: १३:४३ बजे, आइतबार, साउन ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्