Kathmandu Press

कोरोनाको संक्रमणबाट पर्सामा ८५ वर्षीया वृद्धाको मृत्यु 

वीरगञ्ज, साउन ९ :  कोरोना भाइरसको संक्रमणबाट पर्साको वीरगञ्जमा एक वृद्धाको मृत्यु भएको छ।

कोरोनाको संक्रमणबाट पर्सामा ८५ वर्षीया वृद्धाको मृत्यु 
फाइल

वीरगञ्ज, साउन ९ :  कोरोना भाइरसको संक्रमणबाट पर्साको वीरगञ्जमा एक वृद्धाको मृत्यु भएको छ।

गण्डक कोभिड अस्पतालमा उपचार गराइरहेकी ८५ वर्षीया वृद्धाको शुक्रबार बिहान मृत्यु भएको अस्पतालका कोओर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिए। 

निमोनियाबाट ग्रसित वृद्धाको स्वास्थ्यमा समस्या आएपछि वीरगञ्जकै एडभान्स अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा वृद्धामा कोरोनाको संक्रमण पुष्टि भएपछि एडभान्स अस्पतालले गण्डक अस्पतालमा रिफर गरेको थियो। ती वृद्धा उपचारका लागि बिहीबारमात्रै गण्डक अस्पतालमा भर्ना भएकी थिइन्।

योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ। 

प्रकाशित मिति: १४:१३ बजे, शुक्रबार, साउन ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्