Kathmandu Press

महामारीमा एसियाका १० देश, नेपाल २५औं नम्बरमा

काठमाडौं, साउन ९ : कोरोना भाइरसको उद्गमस्थल एसियामा सात महिनापछि पनि संक्रमण रोकिन संकेत देखिएको छैन

महामारीमा एसियाका १० देश, नेपाल २५औं नम्बरमा
एजेन्सी

काठमाडौं, साउन ९ : कोरोना भाइरसको उद्गमस्थल एसियामा सात महिनापछि पनि संक्रमण रोकिन संकेत देखिएको छैन्। बरु पहिलो पटक कोरोना देखिएको चीनलाई पनि अन्य नौ देशले उछिनेका छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार शुक्रबारसम्म संसारभर संक्रमण देखिएका एक करोड ५६ लाख ६० हजार आठ सय ३३ जनामध्ये ३६ लाख ८२ हजार ५४ जना एसियामा रहेका छन्। कोरोनाबाट मृत्यु भएका ६ लाख ३६ हजार ६ सय ३३ जनामध्ये एसियाका ८६ हजार ६७ जनाले ज्यान गुमाएका छन्।

सात महिनाअघि चीनको वुहानमा पहिलो पटक कोरोना देखिएको भएपनि अहिले भने एसियाका देशको सूचिमा अन्य नौ देश अग्रस्थानमा छन्। सबैभन्दा बढी भारतमा १२ लाख ९० हजार दुई सय ८४ जनामा कोरोना देखिएको छ। आज बिहान मात्रै दुई हजार एक सय ५४ जना थपिएका छन्।

भारतमा कोरोनाबाट मर्नेहरुको संख्या पनि एसियाका अन्य देशको भन्दा बढी छ। शुक्रबारसम्म मध्याह्नसम्म ३० हजार ६ सय ५७ जनाले ज्यान गुमाएका छन भने १९ हजार चार सय ५३ जना गम्भीर रहेका छन्।

दोस्रो नम्बरमा रहेको दुई लाख ८४ हजार ३४ जनामा कोरोना देखिएको छ। त्यसमध्ये १५ हजार ३४ जनाले ज्यान गुमाएका छन्।

पाकिस्तान तेस्रो नम्बरमा रहेको छ। दुई लाख ७० हजार चार जनामा कोरोना देखिएको छ भने पाँच हजार सात सय ६३ जनाको मृत्यु भएको छ।

चौथो नम्बरमा रहेको साउदी अरबमा दुई लाख ६० हजार तीन सय ४० जनामा कोरोना देखिएको छ। अहिलेसम्म दुई हजार ६ सय ३५ जनाको मृत्यु भएको छ।

त्यस्तै, टर्की पाँचौ नम्बरमा रहेको छ। दुई लाख २३ हजार तीन सय १५ जनामा कोरोना देखिएको छ भने पाँच हजार पाँच सय ६३ जनाको मृत्यु भएको छ।

छैटौं नम्बरमा रहेको बंगलादेशमा दुई लाख १६ हजार एक सय १० जनामा कोरोना देखिएको छ। अहिलेसम्म कोरोनाबाट दुई हजार आठ सय एक जनाको मृत्यु भएको छ।

कतार सातौं नम्बरमा रहेको छ। एक लाख आठ हजार दुई सय ४४ जनामा कोरोना देखिएको छ भने एक सय ६४ जनाको मात्रै ज्यान गएको छ।

यसैगरि आठौं नम्बरमा रहेको इराकमा एक लाख दुई हजार दुई सय २६ जनामा कोरोना देखिएको छ। जसमध्ये चार हजार एक सय २२ जनाको मृत्यु भएको छ।

नवौं नम्बरमा रहेको इन्डोनेसियामा ९३ हजार ६सय ५४ जनामा कोरोना देखिएको छ। जसमध्ये चार हजार पाँच सय ७४ जनाको ज्यान गएको छ।

पहिलो पकट कोरोना देखिएको चीन भने १०औं नम्बरमा रहेको छ। अहिलेसम्म महामारी नियन्त्रणमा रहेको चीनमा ८३ हजार सात सय ५० जनामा कोरोना देखिएको छ। गत २४ घन्टामा ४३ जना मात्रै कोरोना देखिएको छ। अहिलेसम्म चीनमा चार हजार ६ सय ३४ जनाको मृत्यु भएको छ।

नेपाल भने एसियाका ५९ देशको सूचिमा २५औं नम्बरमा छ। शुक्रबार मध्याह्नसम्म नेपालमा १८ हजार दुई सय ५१ जनामा कोरोना देखिएको छ। कोरोनाबाट ४३ जनाको ज्यान गएको छ।

प्रकाशित मिति: १३:५४ बजे, शुक्रबार, साउन ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्