Kathmandu Press

पत्नी सीतासहित सुकुटे पुगे प्रचण्ड

काठमाडौं, वैशाख ५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकको सुकुटे पुगेका छन्।

 नेत्रविक....

पत्नी सीतासहित सुकुटे पुगे प्रचण्ड
फाइल फोटो

काठमाडौं, वैशाख ५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकको सुकुटे पुगेका छन्।

 नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको बन्द छल्दै बिहीबार दिउँसो प्रचण्ड पत्नी सीतासहित सुकुटे पुगेका हुन्। आरामका लागि भन्दै पत्नी सीतासहित आएका प्रचण्डले बिहीबार सुकुटे बीच रिसोर्टमै बस्ने छन्।

प्रचण्डसँगै सिन्धुपाल्चोकबाट प्रतिनिधिसभामा निर्वाचित सांसद एवं नेकपाका नेता अग्निप्रसाद सापकोटा पनि पुगेको बताइएको छ। प्रचण्ड यसअघि पनि पटक-पटक आरामका लागि भन्दै सुकुटे पुग्ने गरेका थिए। 

प्रकाशित मिति: १६:०५ बजे, बिहीबार, वैशाख ५, २०७६